सिद्धार्थ इक्विटीको न्याभ १५ पैसा घट्यो, सेयरमा लगानी कति ?


Nepali Paisa 2076-5-12


Nepali Paisa

काठमाडौं : सिद्धार्थ इक्विटी फन्डको साउन मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । असारको तुलनामा यस फन्डको प्रतिइकाई खुद सम्पति मूल्य १५ पैसाले घटेर ११ रुपैयाँ ९ पैसामा आएको छ । असारमा यसको प्रतिइकाई खुद सम्पति मूल्य ११ रुपैयाँ २४ पैसा रहेको थियो ।
 
यता, सिद्धार्थ इक्विटीको सूचीकृत सेयरमा लगानी भने १ अर्ब २ करोड ५९ लाख १५ हजार रुपैयाँ पुगेको छ । असार मसान्तमा सूचीकृत सेयरमा लगानी ९७ करोड ६ लाख ३६ हजार रुपैयाँ मात्र थियो । यस फन्डले ७३ वटा सूचीकृत कम्पनीको सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको ३ लाख ६५ हजार ७८२ कित्ता होल्ड गरेको छ ।
 

Read More
  • Financial Notices