राष्ट्रिय वाणिज्य बैंकद्वारा एकैपटक १४ शाखा विस्तार


Setopati 2076-5-12


Setopati

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले एकैपटक आफ्ना १४ शाखा कार्यालय विस्तार गरेको छ । अब बैंकको शाखा कार्यालय २२२ बाट २३६ पुगेको छ ।

२८ कमिर्शियल बैंकमध्ये सबैभन्दा बढी अर्थात् ३१ लाख ग्राहक पुगेको सो बैंकले आज विस्तार गरेको शाखा कार्यालयमा चकचकी  (झापा)  कसिंयावजार (मोरङ), चन्द्रपुर (रौतहट),  भीमफेदी (मकवानपुर), बलवाबजार र पिपरा(महोत्तरी), पोखरीया (पर्सा) , टोखा र कोटेश्वर (काठमाडौ), खैरेनीटार (तनहुँ), पूर्तिघाट (गुल्मी) चन्द्रौटा –कपिलबस्तु) र घोराही (दाङ) रहेका छन् ।

सबै जिल्लामा बैंकको पहुँच पुगेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले डिजिटल माध्यमबाट आज ती शाखा कार्यालयको शुभारम्भ गर्दै पुँजि बजार सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको बताए ।

उनले भने, 'आर्थिक गतिविधि बढिरहेको छ । एक खर्बको विदेशी लगानी आउने प्रतिबद्धता आएको छ । आर्थिक वृद्धिदर बढेको छ ।'

अर्थमन्त्री डा खतिवडाले बचत खाताका सेवाग्राहीलाई प्रदान गर्ने ब्याज रकम वृद्धि गर्न र स्वायत्ताभित्रको जवाफदेहीता प्रदान गर्न बैंकसित आग्रह गर्दै तरलताको सङ्कट आउन नदिन, सस्तो ब्याजदरमा कृषि, पर्यटन, घरेलु उद्योगम लगानी बढाउनुपर्नेमा जोड दिए ।

Read More
  • Financial Notices