माछापुच्छ्रे बैंकले पनि घोषणा गर्यो गत आवको लाभांश


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
माछापुच्छ्रे बैंकले पनि घोषणा गर्यो गत आवको लाभांश

माछापुच्छ्रे बैंक (MBL) ले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर गरि कूल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकले अघिल्लो आर्थिक वर्षमा १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्ता लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ।

Read More
  • MBL