माछापुच्छ्रे बैंकको लाभांश घोषणा, कति दिने भयो बोनस ?


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
माछापुच्छ्रे बैंकको लाभांश घोषणा, कति दिने भयो बोनस ?

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। बैंकको भदौ ११ गते बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताब गरेको छ। 

बैंकले १६ प्रतिशत लाभांश मध्ये ५ प्रतिशत बोनस सेयर र कर सहित ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको हो। उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ। 

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बैंकको  चुक्ता पूँजी ८ अर्ब ५ करोड तथा साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड रुपैयाँ संचित छ ।   

Read More
  • EBL