राष्ट्रिय वाणिज्य बैंकको एकै दिन १४ नयाँ शाखा उद्घाटन, ७७ वटै जिल्लामा विस्तार


Nepali Paisa 2076-5-11


Nepali Paisa

काठमाडौं : देशका ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने राष्ट्रिय वाणिज्य बैंक पहिलो बैंक बन्न सफल भएको छ । बुधबार एकै दिन १४ वटा नयाँ शाखाको उद्घाटन गरी कुल शाखा संख्या २३६ पुर्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त शाखाहरुको संयुक्त उद्घाटन गरेका हुन् ।

 

राष्ट्रिय वाणिज्य बैंकले प्रदेश नं १ मा झापाको चकचकी र मोरङको कर्सिवाबजार, प्रदेश नं २ मा रौतहटको चन्द्रपूर, पर्साको पोखरीया तथा महोत्तरीको बलवाबजार र पिपरामा शाखा विस्तार गरेको छ । यस्तै, प्रदेश नं ३ मा मकवानपुरको भिमफेदी र काठमाडौं कोटेश्वर र टोखामा शाखा खोलेको छ ।

Read More
  • Financial Notices