माछापुच्छ्रे बैंकको १३ नयाँ शाखाको औपचारिक उद्घाटन, शाखा सञ्जाल १३६ पुग्यो


Artha Sansar 2076-5-11


Artha Sansar

अर्थ संसार,काठमाडौं- माछापुच्छ्रे  बैंक प्रदेश नंं १ र २ का विभिन्न जिल्लाहरुमा १३ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको छ । बैंक ले प्रदेश नम्बर २ को बारा जिल्लाको सिमरा, कलैया र नीजगढ, सर्लाही जिल्लाको हरिवन, मलंगवा र लालबन्दी त्यस्तै धनुषा जिल्लाको ढल्केबर, सिराहा जिल्लाको गोलबजार तथा सप्तरी जिल्लाको कन्चनरुपमा जम्मा ९ वटा शाखा कार्यालयहरुको औपचारिक सुरुवात गरेको हो भने प्रदेश नं. १ को झापा जिल्लामा उर्लाबारी र सुरुङ्गा, उदयपुर जिल्लाको गाईघाट तथा ताप्लेजुङ्ग जिल्लाको ताप्लेजुङ्ग बजारमा गरी जम्मा ४ शाखाहरुको औपचारिक सुरुवात गरेको हो ।

 

Read More
  • Financial Notices