एनएमबि ५० मा माग भन्दा बढीको आबेदन, योजनाको आकार बढाएर बाँडफाँड गरिने


Bizpati 2076-5-11


Bizpati

एनएमबी बैंक कोष प्रवर्दक  र एनएमबी क्यापिटल NMB Capital Ltd  को व्यवस्थापनमा संचालनमा आएको एनएमबी फिफ्टी नामको सामुहिक लगानी योजनामा माग भन्दा बढीको आबेदन परेको छ। 

गत साउन १३ देखि बिक्रि खुला गरिएको एनएमबि फिफ्टीको १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाईमा आबेदनको अन्तिम दिन भदौ १० गतेसम्म माग भन्दा बढीको आबेदन परेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटलले जनाएको छ।

केही आवेदनहरुको सम्बन्धित आस्वा सदस्य बैंक/वित्तीय संस्थाहरुबाट 'भेरिफाइड डाटा' प्राप्त हुँदै गरेको हुनाले सो को अन्तिम विवरण प्राप्त भए पश्चात् विवरणपत्रमा उल्लेख भएको सीमाभित्र रही योजनाको आकार बढाएर बाँडफाँड गरिने क्यापिटलले जनाएको छ। 

१० रुपैयाँ अंकित मुल्य रहेको कोषको इकाईमा लगानीकर्ताको लागि न्यूनतम १०० कित्ता देखि अधिकतम १ करोड २० लाखकित्ता सम्मको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। 

बिक्रि खुला गरिएको साढे १२ करोड  इकाइ मध्ये १५ प्रतिशत इकाई कोष प्रवर्दक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको थियो।  यस हिसाबमा १० करोड २० लाख इकाई सर्वसाधारणको लागि छुट्याईएको हो। 

...

Read More
  • Financial Notices