सामुदायिक लघुवित्तले ३६.२६% लाभांश दिँदै, बोनस र नगद कति ?


Artha Sarokar 2076-5-11


Artha Sarokar

 

काठमाडौँ - सामुदायिक लघुवित्त वित्तीय संस्था लि.ले ३६.२६ % लाभांश दिने घोषणा गरेको छ । संस्थाको मंगलबार बसेको सञ्चालक समितिको १२०औँ बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट कुल चुक्ता पुँजीको ३४.४५% बोनस सेयर र कर प्रयोजनका लागि १.८१% नगद दिने निर्णय गरेको हो । साथै संस्थाले चुक्ता पुँजीको २:१ अनुपातमा हकप्रद सेयर पनि जारी गर्ने भएको छ । 

Read More
  • Financial Notices