बेस्ट फाइनान्सको ८ लाख कित्ता सेयर बुधबारबाट लिलामीमा, बिक्न यसकारण कठिन



Nepali Paisa

काठमाडौं : बेस्ट फाइनान्सको ८ लाख २ हजार २२४.४७ कित्ता सेयर बुधबार (भदौ ११ गते) बाट लिलामीमा आउने भएको छ । कम्पनीले २ लाख ४४ हजार ५४९.९० कित्ता सर्वसाधारण समूह र ५ लाख ५७ हजार ६७४.५७ हजार कित्ता संस्थापक गरी कुल ८ लाख २ हजार २२४.४७ कित्ता लिलामीमा ल्याउन लागेको हो । यसमा भदौ २५ गतेसम्म आवेदन दिन पाइनेछ ।
 
 सर्वसाधारण समूहतर्फ न्यूनतम १०० कित्ता र संस्थापकतर्फ १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । बेस्टको सोमबार नेप्सेमा प्रतिकित्ता ९२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । लगानीकर्ताले बजार भाउलाई आधार मानेर लिलामी भर्ने गर्छन् । तर बजार भाउ १०० रुपैयाँभन्दा कम भए पनि लिलामी सेयर भने १०० रुपैयाँलाई न्यूनतम आधार मानेर भर्नुपर्ने हुन्छ ।

यसआधारमा १०० भन्दा कम भाउ तोकेर लिलामी भर्न नपाइने देखिन्छ । बजार भाउ नै १०० सय रुपैयाँ भन्दा कम रहेका बेला बेस्टको लिलामी सेयर बिक्री हुन कठिन देखिएको छ । सामान्यतयः लिलामी नै बजार भाउ भन्दा कममा पाइने गर्छ । तर यसको बजार भाउ अंकित मूल्य भन्दा कम छ । ९२ रुपैयाँ हाराहारीमा बजारमा पाइने भएपछि १०० वा सो भन्दा बढी मूल्य तिरेर लिलामी भर्नेहरु भेटाउन मुष्किल पर्ने अनुमान गर्न सकिन्छ ।

Read More
  • Financial Notices