लाभांश दिन लागेको सानिमा इक्वीटीको शेयरमा १ अर्ब लगानी


Aarthik Abhiyan 2076-5-10


Aarthik Abhiyan

भदौ १०, काठमाडौं । सानीमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्डले साउन महीनामा रू. १ अर्ब २ करोड लगानी गरेको छ । गत असार मासन्तमा रू. १ अर्ब १ करोड १३ लाख ६६ हजार लगानी गरेको थियो । योजनाले सूचीकृत शेयर बैंक मुद्दति निक्षेप, डिवेन्चर तथा बोण्डलगायत सार्वजनिक निष्कासनका शेयरमा उक्त लगानी गरेको हो । योजनाले नेप्सेमा सूचिकृत शेयरमा मात्र रू. ८२ करोड ३२ लाख लगानी गरेको छ । प्रतिइकाई मूल्य असार महीनाको तुलनामा साउनमा कम भएको छ । असार महीनामा रू. ११ दशमलव ०३ रहेको प्रति इकाई खुद मूल्य साउनमा रू. १० दशमलव ९२ रहेको छ । 

Read More
  • Financial Notices