जनउत्थान सामुदायिक लघुवित्तको हकप्रदको लिलामी खुल्यो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जनउत्थान सामुदायिक लघुवित्तको हकप्रदको लिलामी खुल्यो

जनउत्थान सामुदायिक लघुवित्त (JSLBB) ले भदौ १० गते मंगलबारदेखि हकप्रदमा बिक्री नभएको साढे १८ हजार कित्ता शेयर लिलामी बिक्रीमा ल्याएको छ ।

लघुवित्तले गत असार १२ गतेदेखि साउन १७ गतेसम्म बिक्रीमा ल्याएको चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयरमा सर्वसाधारण समुहको १८ हजार ५०३ कित्ता शेयर बिक्री नभएपछि सो शेयर लिलामी बिक्रीमा ल्याएको हो।

कम्पनीको लिलामी शेयरमा सर्वसाधारणले न्युनतम १०० कित्तादेखि अधकतम सबै कित्ता शेयर खरिदको लागि आवेदन दिन सक्ने छन्। लिलामी शेयरमा कम्तिमा सय रुपैयाँ अंकित गरी प्रतिशपर्धात्मक मूल्यमा बोलपत्र आवेदन दिन सक्नेछन्।

लिलामी शेयरमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, जनउत्थान लघुवित्तको कार्यालय तथा सिद्धार्थ बैंकका शाखा कार्यालयहरु, विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सर्खेत, धनगढी र महेन्द्रनगरबाट भदौ १७ गतेसम्म आवेदन गर्न पाइने छ।

Read More
  • MBL - below news