‘एनएमबी–५०’ म्युचुअल फन्डमा लगानी गर्ने आज अन्तिम अवसर


Bizshala 2076-5-10


Bizshala

काठमाण्डौ । एनएमबी क्यापिटल लिमिटेडले केही फरक अवधारणासहित आफ्नो तेस्रो म्युचुअल फन्ड ‘एनएमबी–५०’ मा लगानी गर्ने आज मंगलबार अन्तिम अवसर रहेको छ ।

गत साउन १३ गतेबाट ‘एनएमबी–५०’ का १२ करोड इकाइ बिक्री खुला गरिएको थियो । यो म्युचुअल फन्डको प्रतिइकाइ मूल्य रु. १० अंकित १२ करोड इकाइ बिक्री खुला गरिएको हो ।

कुल इकाइमध्ये न्यूनतम १ करोड ८० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको १४ प्रतिशत इकाइ कोष प्रवद्र्धक कम्पनी एनएमबी बैंक लिमिटेड तथा १ प्रतिशत इकाइ योजना व्यवस्थापक कम्पनी एनएमबि क्यापिटल लिमिटेडका लागि सुरक्षित राखिएको छ। बाँकी न्यूनतम १० करोड २० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिनेछ ।

Read More
  • Financial Notices