वन विज्ञान अध्ययन संस्थानमा नेपाल बैंकको एक्सटेन्सन काउण्टर


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
वन विज्ञान अध्ययन संस्थानमा नेपाल बैंकको एक्सटेन्सन काउण्टर

काठमाडौं– पोखरा महानगरपालिका वडा नंं–१५ वन विज्ञान अध्ययन संस्थानमा नेपाल बैंक लिमिटेडले एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।

पोखरा पृथ्वीचोक शाखा अन्र्तगत सञ्चालित विस्तारित काउण्टर र ए.टी.एम. को पोखरा महानगरपालिका वडा नंं–१५ का वडा अध्यक्ष प्रकाश पौडेल, नेपाल बैंक लिमिटेड गण्डकी प्रदेशिक कार्यालयका प्रमुख विनय केशरी पौड्याल, वन विज्ञान अध्ययन संस्थान पोखराका क्याम्पस प्रमुख भरत महतो र पृथ्वीचोक शाखाका शाखा प्रबन्धक निलुजा श्रेष्ठद्वारा संयुक्त रुपमा उद्घाटन भयो । 

वन विज्ञान अध्ययन संस्थान पोखराका प्रध्यापक तथा कर्मचारीहरु, स्थानीय उद्योगी व्यवसायिहरु, समाजसेवीहरु, बिभिन्न संघ सस्थाका प्रमुखहरु, साथै स्थानीय ग्राहकहरुको उल्लासमय उपस्थिति रहेको उक्त कार्यक्रमका बक्ताहरुले देशको पहिलो बैंक नेपाल बैंक सम्पूर्ण नेपालीहरुको पहिलो रोजाइमा परेको बताएका थिए । 

Read More
  • EBL Ad news