प्रिमियर इन्सुरेन्सको ८४% बोनस सेयर नेप्सेमा सूचीकृत


Nepali Paisa 2076-5-9


Nepali Paisa

काठमाडौं : प्रिमियर इन्सुरेन्सको ८४% बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट ४९ करोड ५ लाख ६० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ रहेको छ ।

कम्पनीले अघिल्लो वर्षको नाफाबाट ८४% बोनस दिएपछि बिमा समितिले तोकेअनुसार न्यूनतम चुक्ता पुँजी पुर्याएको हो । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले २४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रिमियरको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ०५ पैसा छ ।

Read More
  • Financial Notices