सिटिजन गत बर्षको लाभांश घोषणा गर्ने पहिलो बैंक बन्दै, नगद भन्दा बोनसमा जोड


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सिटिजन गत बर्षको लाभांश घोषणा गर्ने पहिलो बैंक बन्दै, नगद भन्दा बोनसमा जोड

बाणिज्य बैंकहरुमा गत आर्थिक बर्षको लाभांश घोषणा गर्नेमा सिटिजन बैंक Citizens Bank International Limited पहिलो बन्ने देखिएको छ। बैंकले आजै लाभांश घोषणा गर्ने तयारीका साथ आज संचालक समितिको बैठक डाकेको छ। सोहि बैठकले गत आर्थिक बर्षको लाभांश घोषणा गर्ने बैकं स्रोतले जनाएको छ। 

बैंकले गत आर्थिक बर्षको मुनाफा तथा बैंकको संचित कोषबाट लाभांश घोषण गर्ने भएको छ। गत आर्थिक वर्ष १ अर्ब ४८ करोड मुनाफा कमाएको बैंकले विभिन्न नियामकिय ब्यवस्थापन पछीको वितरणयोग्य मुनाफा भने १ अर्ब १० करोड आर्जन गरेको थियो। 

बैंकसंग गत आर्थिक बर्षको मुनाफा र अघिल्लो वर्षको संचित समेत गरेर संचित कोषमा १ अर्ब  २६ करोड ७८ लाख भन्दा बढी रकम छ ।  बैंकले उक्त रकम लगानीकर्तालाई वितरण गर्न सक्ने देखिन्छ। 

यस्तै बैंकसँग शेयर प्रिमीयमको रुपमा पनि ४ करोड ६८ लाख छ। जसलाई बैंकले बानस शेयर दिएर क्यापीटलाईज गर्न सक्छ । तर यसलाई बैंकले नगद लाभांश भने वितरण गर्न सक्दैन। यसलाई आधार मान्दा बैंकले बोनस शेयर र नगद गरेर १ अर्ब ३१ करोड ४६ लाख ९६ लाभाशं वितरण गर्न सक्ने रकम बैंकसँग छ। गत असार मसान्तमा बैंकको शेयर क्यापीटल ८ अर्ब ३७ करोड  १० लाख ६५ हजार छ। 

Read More
  • MBL