अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंकबिच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु


Artha Sarokar 2076-5-9


Artha Sarokar

 

काठमाडौं - आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंक लिमिटेड बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वोस्ती र आईएमई मोटर्सका भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका हुन् ।

 

यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७० प्रतिशत सम्मको कर्जा सुविधा मितेरी डेभलपमेन्ट बैंक लिमिटेड(धरान प्रधान कार्यालय) बाट पाउने भएका छन् । यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् ।

Read More
  • Financial Notices