ग्लोबल आईएमईको साना तथा मझौला व्यवसायीकर्जा ३ दिनमै


Karobar Daily 2076-5-9


Karobar Daily

ग्लोबल आईएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा ३ दिनभित्र उपलब्ध गराउने भएको छ ।
कर्जा लिनका लागि धेरै समय लागिरहेको अहिलेको परिप्रेक्षमा ग्राहकलाई छिटोछरितो रूपमा सेवादिई साना तथा मझौला उद्यमी व्यवसायीहरूलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ बैंकले कर्जा लिने समयावधि घटाएको जनाएको छ ।

Read More
  • Financial Notices