सूर्या लाइफको ७० प्रतिशत हकप्रद सेयर बिक्री खुल्ला


Aarthik News 2076-5-8


Aarthik News

सूर्या लाइफ इन्सुरेन्सले आजबाट ७० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १०ः७ अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो । उक्त हकप्रद शेयरका लागि असोज १२ गतेसम्म यस आवेदन दिन सकिनेछ । 

एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको भएको सूर्या लाइफले हाल कायम १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुँजीको १०ः७ अनुपातमा ७९ लाख २३ हजार ३०० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । 

यसमा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौं तथा आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

Read More
  • Financial Notices