सेञ्चुरी बैंकमा खाता खोल्ने कर्मचारीलाई गज्जब अफर, रु. १ हजारको खाता खोल्दा रु. ८ लाखको बिमा सुविधा


Bizshala 2076-5-5


Bizshala

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर रु. १,००० मा बचत खाता खोल्ने गरी ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ वार्षिक ६.५ प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरी शुभारम्भ गरेको छ । 

ग्राहकहरुले रु. ७,००,०००(सात लाख) बराबरको आकस्मिक दुर्घटना बीमा र रु. १,००,०००(एकलाख) सम्मको अस्पतालमा बसेको खर्च बापतको बीमा तथा लकर सुविधा, क्रेडिट कार्डको वार्षिक शुल्क, ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा ५० प्रतिशत छुटको सुविधा पाउने बैंकले जनाएको छ । 

Read More
  • Financial Notices