सिद्धार्थ बैंकको ऋणपत्र बिक्री खुला, १०.२५% ब्याज


Nepali Paisa 2076-5-5


Nepali Paisa

काठमाडौं : सिद्धार्थ बैंकले बिहीबार (भदौ ५ गते) देखि २५ लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको छ । यसमध्ये १० लाख युनिट सर्वसाधारणका लागि खुला भएका हो । यस्तै, सामूहिक लगानी कोषलाई ५% छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाई पाउनेछन् । बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बेच्नेछ । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ ।

यसआधारमा बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बारबरको ऋणपत्र बिक्री खुला गरेको हो । यसमा न्यूनतम २५ इकाईदेखि अधिकत्तम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको ‘१०.२५% सिद्धार्थ बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गरेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने इक्रा एलए माइनस रेटिङ दिएको छ । 

Read More
  • Financial Notices