आयोजनास्थलमा पहिरो जाँदा रसुवागढीको शेयर मूल्यमा पनि पहिरो


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
आयोजनास्थलमा पहिरो जाँदा रसुवागढीको शेयर मूल्यमा पनि पहिरो

काठमाडौं । फागुनबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको रसुवागढी जलविद्युत् आयोजना निर्माणस्थलमा पहिरो गएर क्षति पुर्याएसँगै त्यस कम्पनीको शेयर मूल्यमा पनि पहिरो गएको छ ।

गत साता आएको भीषण बाढीबाट आयोजना स्थलमा क्षति पुर्याएसँगै त्यस कम्पनीको शेयर मूल्यमा पनि उच्च गिरावट आएको छ । रसुवागढी जलविद्युत् आयोजनाको शेयर घटेर प्रतिकित्ता २ सय रुपैयाँमा आएको छ । आउँदो फागुनदेखि व्यावसायिक उत्पादन शुरु गर्ने गरी द्रुत गतिमा निर्माण भइरहेको १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा पटक–पटक बाढीपहिराले क्षति पुर्याउँदै आएको छ । असार ५ गते पहिरो खेपेको आयोजनाले भदौ १ गते राति भोटेकोसी नदीमा आएको भीषण बाढीले क्षति पुर्याएको थियो । एक वर्षअघि साउन २२ गते आएको बाढीले पनि आयोजनाको एउटा किनारको कफर ड्याम (बाँध) र राजमार्गको पुल बगाएको थियो  ।

बारम्बार बाढीपहिरोको जोखिम भएको भन्दै लगानीकर्ताले धमाधम उक्त कम्पनीको शेयर बिक्री गर्न थाल्दा शेयरको भाउ उच्च अंकले घटेको हो । जोखिम बढेपछि लगानीकर्ताले रसुवागढीको शेयर बिक्री गरेर अर्को कम्पनीको शेयर किन्न थालेपछि उक्त कम्पनीको शेयर घटन पुगेको हो । नाफा बुक गर्न खोज्दा रसुवागढी हाइड्रपावर कम्पनीको मूल्य घटेको ब्रोकरहरु बताउँछन् ।

Read More
  • MBL