नबिल बैंकबाट ९.५९% ब्याजदरमै इलेक्ट्रोनिक गाडी कर्जा !


Bizshala 2076-5-4


Bizshala

नबिल बैंकले ९.५९% ब्याजदरमा इलेक्ट्रोनिक गाडी कर्जा उपलब्ध गराउने भएको छ ।

‘नबिल ई–अटो लोन’ नाम दिइएको स्किमअन्तर्गत नबिल बैंकले इलेक्ट्रोनिक गाडीका लागि यस्तो कर्जा उपलब्ध गराउने भएको हो । यो स्किमअन्तर्गत बैंकले आधार दरमा १.५% जोडेर ब्याज दर निर्धारण गरेको छ । बैंकको आधार दर ८.०९% छ । जसमा १.५ प्रतिशत जोड्दा ब्याज दर ९.५९% हुन आउँछ ।
Read More
  • Financial Notices