गुराँस लाइफको नाफा ९०% वृद्धि, खुद बिमा शुल्कमा पनि उत्साहजनक सुधार


Nepali Paisa 2076-5-3


Nepali Paisa

काठमाडौं : गुराँस लाइफ इन्सुरेन्सले ७ करोड ६४ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ९०% धेरै हो । अघिल्लो वर्ष यसले ४ करोड १ लाख ५२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । खुद बिमा शुल्क पनि ३०.६३% ले बढाएर १ अर्ब ८९ करोड २२ लाख पुर्याएको छ । अघिल्लो वर्ष १ अर्ब ४४ करोड ८४ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

बिमा शुल्क आर्जन राम्रो भएपछि खुद नाफामा पनि सकारात्मक प्रभाव परेको देखिन्छ । बिमा कोषको आकार पनि ४ अर्ब २३ करोड १९ लाख रुपैयाँबाट बढाएर ५ अर्ब ८२ करोड २२ लाख रुपैयाँ पुर्याएको छ । गुराँसले महाविपत्ति कोषमा ३ करोड ५९ लाख रुपैयाँ राखेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ९२ करोड ९४ लाख रुपैयाँ छ । कम्पनीको रिजर्भ कोषमा २७ करोड ९३ लाख रुपैयाँ छ ।
 

Read More
  • Financial Notices