पाँचथर पावर कम्पनी पौने ८ करोड घाटामा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
पाँचथर पावर कम्पनी  पौने ८ करोड घाटामा

काठमाडौं । गत आवसम्म पाँचथर पावर कम्पनी ७ करोड ८६ लाख ४७ हजार घाटामा रहेको छ । अघिल्लो आवमा  कम्पनीले ५ करोड ७२ लाख ९६ हजार घाटा व्यहोरेको थियो ।
गत वर्ष कम्पनीले २४ करोड ९९ लाख ९ हजार सञ्चालन आम्दानी गरेको थियो । यो रकम अघिल्लो आवमा २५ करोड ३२ लाख ६६ हजार थियो । सञ्चालन आम्दानी पनि अघिल्लो वर्षको तुलनामा कमि आएको छ । घाटामा रहेको कम्पनीको जगेडा कोष रकम रू. १८ करोड १७ लाख ११ हजार ऋणात्मक रहेको छ । कम्पनीको चालू सम्पत्ति रू. २ अर्ब ५० करोड ६६ लाख १४ हजार र चालू दायित्व १ अर्ब ७२ करोड ५८ लाख २४ हजार रुपैयाँ छ ।

Read More
  • MBL