सिटिजन लाइफको नाफा ६७.१२% वृद्धि, आइपीओ पनि आउने


Nepali Paisa 2076-5-2


Nepali Paisa

काठमाडौं : सिटिजन लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा १७ करोड ४ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्ष भन्दा ६७.१२% ले धेरै हो । यस इन्सुरेन्सले अघिल्लो आवको सोही अवधिमा १० करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो । एक वर्षको अवधिमा कम्पनीले खुद बिमा शुल्क पनि २१२.९५% ले बढाएर १ अर्ब १२ करोड नघाएको छ । अघिल्लो वर्ष सिटिजन्सले ३६ करोड रुपैयाँ मात्र खुद बिमा शुल्कबाट आर्जन गरेको थियो । 
 

चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको यस कम्पनीले रिजर्भ कोष १५७.१७% ले बढाएर २५ करोड १० लाख रुपैयाँ पुर्याएको छ । सिटिजन्सले बिमा कोषको आकार पनि ४६३.३३% ले बढाएर ६६ करोड ५६ लाख रुपैयाँ पुर्याएको छ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन कम्पनीले आइपीओ जारी गर्नुपर्ने हुन्छ ।

Read More
  • Financial Notices