एकैसाथ ९ स्थानबाट माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ्ग सेवा सुरु !


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एकैसाथ ९ स्थानबाट माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ्ग सेवा सुरु !

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ९ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले महोत्तरी जिल्लाको बर्दिबास न.पा.–११, खयरमारा, धनुषा जिल्लाको कमला न. पा.–०६, सिङ्गयाही मडान, धनुषा जिल्ला कै शहिदनगर न. पा.–०३, यदुकोहा र लक्ष्मीनिया न. पा.–०७, लक्ष्मीनिया, सिराहा जिल्लाको कल्याणपुर न. पा.–०६, भोक्राहा र कर्जन्हा न. पा.–०२, बन्दिपुर तथा रौतहट जिल्लाको चन्द्रपुर न. पा.–०२, जुडिवेला, चन्द्रपुर न. पा.–०३, गैंडाटार र स्याङ्जा जिल्लाको आँधीखोला गाउपालिका–०५ सेतीदोभान मा थप ९ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

देशका विभिन्न स्थानमा ९ शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै माछापुच्छे बैंक लिमिटेडको शाखा रहित बैंकिङ्ग सेवा १२१ पुगेको छ । ग्राहक सेवा केन्द्र रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानी साथै कर्जा आवेदन समेत दिन सकिने छ ।

Read More
  • MBL