हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका


Nepali Paisa 2076-5-2


Nepali Paisa

काठमाडौं : हिमालयन बैंकको ऋणपत्रमा आवदन दिने सोमबार (भदौ २ गते) अन्तिम दिन हो । सोमबार कार्यालय समयसम्म आवेदन दिइसक्नुपर्नेछ । हिमालयनले साउन २ गतेबाट कुल ३० लाख इकाई ऋणपत्र खुला गरेको हो । यसमध्ये सर्वसाधारणका लागि १२ लाख इकाई मात्र खुला गरिएको छ । सामूहिक लगानी कोषलाई ५% छुट्याइएको छ । सामूहिक लगानी कोषहरुले कुल ६० हजार इकाई पाउनेछन् । 

बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ संस्थालाई बेच्दैछ । यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘१०% हिमालयन बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गरेको हो । रेटिङ एजेन्सी केयर रेटिङले यो ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘ग्रेड ए’ रेटिङ दिएको छ । प्रतिइकाई १ हजार रुपैयाँ दरमा ऋणपत्र बिक्री खुला गरिएको छ । 

Read More
  • Financial Notices