सिभिल बैंकले १३ लाख कित्ता संस्थापक शेयरको लिलामी बिक्री खुल्यो


Mero Lagani 2076-5-2


Mero Lagani

सिभिल बैंक (CBL) को झण्डै १३ लाख कित्ता संस्थापक शेयरको लिलामी बिक्री खुल्ला भएको छ। बैंकले भदौ २ गते सोमबारदेखि १ सय रुपैयाँ आंकित दरका १२ लाख ८२ हजार ८८१ कित्ता संस्थापक शेयर बोलकबोल मार्फत बिक्री खुल्ला गरेको हो।

बैंकको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार उक्त शेयर एकै जनाको नभई संयुक्त रहेको क्यापिटलले जनाएको छ । सिभिल बैंकको ५ जना संस्थापकहरुले उक्त परिमाणको शेयर बिक्री गर्न लागेका हुन्।

संस्थापक शेयरधनीहरुले दिएको निवेदनका आधारमा क्यापिटलले एकैपटक उक्त शेयरमा बोलकबोल खुला गरेको जनाएको छ ।

Read More
  • Financial Notices