नेशनल लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । यस अवधि सम्म आइपुग्दा कम्पनीले खुद नाफा १२.७३% ले वृद्धि गरी ३३ करोड ६३ लाख ३८ हजार रुपैयाँ कमाएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले २९ करोड ८३ लाख ५९ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।