बीमामा बोनस र डबल रिटर्नको लोभ देखाउनु झुक्याउनु हो' प्राइमका सीईओको अन्तर्वार्ता


Bizpati 2076-5-1


Bizpati

प्राइम लाइफ इन्स्योरेन्सले गत आर्थिक बर्ष ४४.७१ प्रतिशतले बढाएर ३१ करोड ३० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्ष २१ करोड ६३ लाख नाफा आर्जन गरेको थियो।   

बीमा कम्पनीहरुको वास्तविक मुनाफा एक्चुअरी भ्यालुएसन रिपोर्ट आएपछि मात्र देखीने भएकोले उनीहरुको मुनाफा बढ्न सक्नेछ। बीमा कम्पनीहरुको जिवन बीमाकोषबाट प्राप्त भएको आम्दानि सबैभन्दा धेरै हुने तर उक्त कोषबाट प्राप्त हुने आम्दानी एक्चुअरी भ्यालुएसन रिपार्ट आएपछि मात्र जिवन बीमा कम्पनीको वस्तविक मुनाफा निकाल्ने गरिन्छ । 

कम्पनीको हाल कायम रहेको बीमालेख संख्या तीन लाख ५५ हजार भन्दा माथि रहेको छ । कम्पनीले हालसम्म एक अर्ब ६८ करोड २० लाख २८ हजार बीमालेख विक्रि मार्फत १५ अर्ब १४ करोड बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५४ पैसा, प्रतिशेयर नेटवर्थ एक सय ७६ रुपैयाँ ७० पैसा र मुल्य आम्दानी अनुपात २५.०३ गुणा रहेको छ।बीमा समितिले तोकेको न्युनतम चुक्ता पुँजी पुर्याउन बाँकी रहेको कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषण गरेको छैन । 

त्यस्तै नेपाल राष्ट्र बैंकले बैंकलाई बीमा कम्पनीको अभिकर्ता बन्नबाट रोक लगाएको छ। यसले बैंकको मुनाफा मात्रै नभई बीमा कम्पनीको नाफा समेत बीमाको पहुँचमा कमि आउने विश्लेषण गरिएको छ। यद्दपी बैंक तथा स्वयम् बीमा कम्पनीहरुले समेत बैंकलाई बीमा अभिकर्ता बन्न रोक लगाउनु भन्दा यसमा परिमार्जन गर्नुपर्ने औल्याएका छन। 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत गरेको बैंकलाई बीमा अभिकर्ता बन्न नपाउने व्यवस्था, बीमा कम्पनी संचालनको अवस्था लगायतका बिषयमा 

Read More
  • Financial Notices