प्रुडेन्सियल इन्सुरेन्सको एजीएम आज : छैन लाभांश, ६०% हकप्रद आउने


Nepali Paisa 2076-5-1


Nepali Paisa
काठमाडौं : प्रुडेन्सियल इन्सुरेन्सको साधारण सभा दियालो लर्डस प्लाजा, आदर्शनगर वीरगञ्जमा आइतबार (भदौ १ गते) दिउँसो ३ बजेबाट सुरु हुँदैछ । सभामा कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान लगायत सामान्य विषयमा छलफल हुनेछ । आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट सेयरधनीलाई भने कुनै लाभांश वितरण नगर्ने भएको छ । 
 
बिमा कम्पनीले नियमनकारी व्यवस्था अनुसार एनएफआरएस अन्तर्गतको वित्तीय विवरण तयार पार्दा जगेडा कोष तथा अन्य व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्न नसकिएको कम्पनीले जनाएको छ । अघिल्लो वर्षको नाफाबाट प्रुडेन्सियलले २०% बोनस वितरण गरेको थियो । 
 
कम्पनीले साउन २० गतेदेखि साधारण सभा हुने दिनसम्म (आइतबारसम्म) बुक क्लोज गरेको छ । साउन १९ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् । यता, कम्पनीको असार १० गते सम्पन्न विशेष साधारण सभाले हाल कायम चुक्ता पुँजीको ६०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरिसकेको छ । 
Read More
  • Financial Notices