नेपाल एग्रोले १५% नगद दिने, कर तिर्न छुट्टै रकम


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल एग्रोले १५% नगद दिने, कर तिर्न छुट्टै रकम
काठमाडौं : नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले १५% नगद लाभांश दिने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १५% नगद दिने निर्णय गरेको हो । यस्तै, कर तिर्न ३ लाख ९३ हजार २४५ रुपैयाँ बराबर नगद पनि दिनेछ । 
 
७४ लाख ६६ हजार ६७० रुपैयाँ बराबरको नगद लाभांश वितरण हुनेछ । राष्ट्र बैंक तथा लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले प्र्राप्त गर्ने छन् । गत आर्थिक वर्षको चौथो त्रैमासमा नेपाल एग्रोले १ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८७ पैसा छ । 
Read More
  • MBL