आईएमई लाइफद्वारा ४१ करोडभन्दा बढी बीमाशुल्क आर्जन


Aarthik Abhiyan 2076-4-31


Aarthik Abhiyan

साउन ३१, काठमाडौं (अस) । आईएमई लाइफले गत आर्थिक वर्ष २०७५/७६ मा रू. ४१ करोड २८ लाख ४४ हजार बीमाशुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीले १० हजार ८७९ बीमालेख कायम गर्न सफल भएको छ । हाल कम्पनीमा ८३ हजार २८५ बीमालेख कायम रहेको छ । गत वर्ष कम्पनीले नाफामा साढे ५ प्रतिशत वृद्धि गरेको छ । अघिल्लो वर्ष २०७४/७५ मा रू. ९ करोड ८६ लाख ३२ हजार खुद नाफा गरेको कम्पनीले गत वर्ष रू. १० करोड ४० लाख ६८ हजार खुद नाफा गरेको छ ।

Read More
  • Financial Notices