एभरेष्ट इन्स्योरेन्सको नाफा १० प्रतिशत बढ्यो


Aarthik Abhiyan 2076-4-31


Aarthik Abhiyan

साउन ३१, काठमाडौं (अस) । एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आव २०७५/०७६ को लेखा परिक्षण नभएको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले अघिल्लो आव २०७४/०७५ को चौथो त्रैमासको तुलनामा गत आवमा १० दशमलव ६५ प्रतिशत बढी नाफा कमाएको छ । कम्पनीले गत आवको सो अवधिमा रू. ६ करोड ८ लाख खुद नाफा कमाएको छ । 

कम्पनीले अघिल्लो आवमा रू. ११ करोड ८८ लाख खुद नाफा कमाएको थियो । कम्पनीले गत आवको चौथो त्रैमाससम्म रू. ८१ करोड १८ लाख बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले असार मसान्तसम्ममा रू. ६६ करोड ७५ लाख कुल आय गर्दा रू. ५८ करोड २६ लाख खर्च गरेको छ ।

Read More
  • Financial Notices