ज्योति विकास बैंकको नाफा ५० करोड ८१ लाखमाथि, १३ प्रतिशतसम्म लाभांश बाड्न सक्ने क्षमता, प्रतिशत आम्दानी कति ?


Artha Sarokar 2076-4-31


Artha Sarokar

काठमाडौँ । ज्योति विकास बैंक ५० करोड ८१ लाख  रुपैयाँ खुद मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको यो नाफा आर्थिक बर्ष ०७४/७५ को तुलनामा ४६.३४ प्रतिशतले धेरै हो । आर्थिक बर्ष ०७४/७५ को चौथो त्रैमासमाबैंकले ३४ करोड ७२ लाख खुद मुनाफा कमाएको थियो ।
यस्तै आर्थिक वर्ष २०७५/७६ चौथो त्रैमास सम्म पुग्दा बैंकको वितरणयोग्य नाफा ४१ करोड ८५ लाख रहेको छ । जस अनुसार सेयरधनीहरुलाई १३ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता रहेको छ । यस्तै २९ अर्ब २३ करोड ८९ लाख निक्षेप संकलन गरेको यस बैंकले २४ अर्ब ६० करोड २५ लाख कर्जा लगानी गरेको छ ।

Read More
  • Financial Notices