बढ्दा सेलाउने र घट्दामात्रै उठ्ने यी दुई मुद्दा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
बढ्दा सेलाउने र घट्दामात्रै उठ्ने यी दुई मुद्दा

काठमाडौंं  । शेयर बजार जतिबेला ओरालो लाग्छ त्यति बेला शेयर बजार सुधारका कुरा उठने गर्छन् । शेयर बजारमा मन्दी आएका बेला सुधारको गफ गर्ने मेलो बन्ने गर्छ ।  बजार बढ्दा भने सरकार मातहतका निकायका प्रमुखहरु जस लिन तल्लिन हुन्छन् । लगानीकर्ता पनि नाफा निकाल्नै केन्द्रित हुने गर्छन् । केही महिनायता शेयर बजार ओरालो लाग्दै आएको हुँदा अहिले फेरि सुधारका कुरा उठ्न थालेका छन् । नेपालको शेयर बजारमा गैरआवासीय नेपाली (एनआरएन) लाई भित्र्याउनुपर्ने भन्न थालिएको करिब १० वर्ष हुन लाग्यो । शेयर बजार नियामक निकाय धितोपत्र बोर्डले पनि एनआरएनलाई शेयर बजारमा भित्र्याउन आवश्यक नीति निर्माण गर्न नसक्दा एनआरएनलाई शेयर बजारमा भित्र्याउन सकिएको छैन ।

धितोपत्र बोर्डले ९ वर्ष अगाडि नै ५ वर्षे गुरुयोजना तयार पारेको थियो । त्ससबेला तयार पारेको गुरुयोजनामा एनआरएनलाई पुँजी बजारमा भित्र्याउने उल्लेख छ ।  अर्थ मन्त्रालयले समेत पुँजी बजार विकासका लागि एनआरएनको आवश्यकता महशुस गरेको थियो । अर्थ मन्त्रालयले त्यसलाई मुख्य काम ठानेर प्राथमिकताको सूचीमा राखेको थियो । तर, बाग्मतीमा धेरै पानी बग्दा पनि काम भने अझै उस्तै छ । ९ वर्षअघि अर्थ मन्त्रालयले नै देखाएको सपना अहिलेसम्म साकार हुन भने सकेको छैन । 

चालू आर्थिक वर्षको बजेटमा ‘गैरआवासीय नेपालीहरुले दोस्रो बजारमार्फत पनि लगानी गर्न सक्ने गरी पुँजी बजारलाई फराकिलो बनाइने छ’ भन्ने उल्लेख गरिएको छ । यसअघि आर्थिक वर्ष २०६७/०६८ मा सुरेन्द्र पाण्डेले ल्याएको बजेटमा पुँजी बजारमा पनि एनआरएनलाई भित्र्याउने उल्लेख छ । आव २०७०/०७१ मा शंकरप्रसाद कोइरालाले र आव २०७१/०७२ मा डा. रामशरण महतले ल्याएको बजेटले त्यही कुरा दोर्होयाइएको छ । एनआरएनलाई पुँजी बजार भित्र्याउनका लागि पहल गर्ने भने पनि कार्यान्वयनमा भने आउन सकेको छैन । आवश्यक नीति नियम नभएको कारण एनआरएनलाई शेयर बजारमा भित्र्याउन सकिएको छैन । 

Read More
  • MBL