गण्डकी विकास बैंकको नाफा २५ प्रतिशतले वृद्धि हुँदा लाभांश क्षमता कति ?


Bizpati 2076-4-31


Bizpati

गण्डकी विकास बैंक Gandaki Bikas Bank Limited ले एनएफआरएस अनुसार गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्षको चौथो त्रैमाससम्मको विवरण अनुसार ६० करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष ०७४/७५ को सोही अवधिमा बैंकले ४८ करोड ३५ लाख खुद मुनाफा कमाएकोमा गत आर्थिक बर्ष बैंकको नाफा २४.८७ प्रतिशतले बढेको हो ।

बैंकको वितरणयोग्य मुनाफा भने ४७ करोड ६३ लाख रहेको छ । यस हिसाबले बैंकले लगानीकर्तालाई १७ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयर धनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ । तर नियामकीय पुनरावलोकनमा र थप प्रोभिजन तथा विगतको संचित र लेखापरिक्षण पछिको मुनाफामा तलमाथि भएमा वितरणयोग्य मुनाफाको आधारमा वास्तविक लाभांश क्षमता फरक पर्न सक्नेछ ।

समिक्षा अवधिमा बैंकले २९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा २७.२१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २३ अर्ब ५२ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । उक्त अवधिमा बैंकको कर्जा लगानी २८.९५ प्रतिशतले बढेर २५ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १९ अर्ब ८८ करोड ३९ लाख कर्जा लगानी गरेको थियो । 

Read More
  • Financial Notices