प्रिमियर इन्स्योरेन्सको नाफामा ४६ प्रतिशत वृद्धि


Aarthik Abhiyan 2076-4-31


Aarthik Abhiyan

साउन ३१, काठमाडौं (अस) । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड लिमिटेडले आव २०७५/०७६ को वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आवमा रू. २४ करोड ५६ लाख खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो आव २०७४/०७५ मा रू. १६ करोड ७८ लाख नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा ४६ दशमलव ३१ प्रतिशत नाफा बढेको हो । 

कम्पनीले गत आवमा रू. १ अर्ब ६४ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको कुल दाबि भुक्तानी रकम करीब रू. १ अर्ब रहेको छ भने भुक्तानी हुन बाँकी रकम रू. १ अर्ब ९३ करोड रहेको छ । 

 

Read More
  • Financial Notices