शेयर बजारलाई प्रविधिको गंभीर धोका, लगानीकर्ताको मनोबल त्यसै खस्कन्छ


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
शेयर बजारलाई प्रविधिको गंभीर धोका, लगानीकर्ताको मनोबल त्यसै खस्कन्छ

तिलक कोइराला ।
नेपालको शेयर बजार प्रविधिमैत्री बन्यो भनेर ढुक्क हुनुभयो भने तपाइँले नमीठो धोका पनि खानुपर्ने हुनसक्छ ।खासगरी नेपाल स्टक एक्सचेन्ज र सीडीएस एण्ड क्लियरिङको भर परेर शेयर कारोबार गर्दै हुनुहुन्छ वा बैंकबाट शेयर धितो कर्जा लिने सोचमा हुनुहुन्छ भने कुनै पनि योजना समयबद्ध रुपमा सम्पन्न हुन्छ भन्ने नठान्नुहोस् , नत्र धोका पाईएला । 

नेपाल स्टक एक्सचेन्जको पहिलेको अद्र्ध स्वचालित कारोबार प्रणालीले बेला बेलामा गंभीर धोका दिएको कुरा अहिले धेरैको संझनामा नहोला तर अहिलेको पूर्ण स्वचालित अनलाईन कारोबार प्रणालीले त्यस धोकालाई ताजा गराईदिन्छ । लगानीकर्ताहरुले आफ्नो योजना अनुसार शेयर किनबेच गरिरहेको बेला कतिखेर अहिलेको प्रणालीले धोका दिन्छ भन्ने कुरा यकिन गर्न सकिदैन । कति बेला आदेश राख्दा राख्दै प्रणालीले काम नगर्दा किनबेच गर्न बंचित हुनपर्छ वा राखेको आदेश हटाउँनै नपाई कतिखेर प्रणाली बन्द भएर लगानीकर्ताले थेग्न नसक्ने घाटा खानुपर्छ भन्न सकिन्न । यो प्रणालीको केही भर छैन तर केही दिन यता नेप्सेको अनलाईन कारोबार प्रणालीमा धेरै गंभीर खालका समस्याहरु भने देखिन छाडेका छन् । तर बोनस र हकप्रदको मूल्य समायोजन गर्न भने भुसुक्कै बिर्सदा लगानीकर्ताले भोग्नुपरेको क्षति नेप्सेसँग दावी गर्ने कुनै आधार छैन ।

नेप्सेको प्रणालीले पछिल्लो समय गंभीर धोका नदिए पनि उसको सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङमा लगानीकर्तालाई धोका दिने यो रोग सरेको छ । यस साताका चार कार्यदिन सीडीएसको प्रणालीले काम नगर्दा शेयर रजिष्ट्रार, निक्षेप सदस्य, शेयर दलाल, बैंकका कर्मचारी र लगानीकर्ताहरुले तीतो अनुभुति बटुलेर बिहीबार सुस्केरा हाल्दै घर फर्किए ।

Read More
  • MBL