इमाडोलमा प्राइम कमर्सियल बैंकको नयाँ शाखा विस्तार, कुल शाखा संख्या ७४ पुग्यो !


Banking Sansar 2076-4-30


Banking Sansar

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले ललितपुरको महालक्ष्मी नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । यो शाखा संचालनपछि बैंकको शाखा कार्यालय संख्या ७४ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा बुधबार एक समारोहका बीच बैंकका संचालक प्राडा मंगला श्रेष्ठले शाखा कार्यालय इमाडोलको उद्घाटन गरेकी हुन् ।

Read More
  • Financial Notices