११९ प्रतिशतले नाफा बढाएको सिन्धु विकास बैंकको अन्य सूचक कस्तो ?


Bizpati 2076-4-30


Bizpati

सिन्धु विकास बैंकले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आर्थिक बर्षको चौथो त्रैमाससम्ममा ४ करोड ३५ लाख  रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष ०७४/७५ को सोही अवधिमा बैंकले १ करोड ९९ लाख खुद मुनाफा कमाएकोमा गत आर्थिक बर्ष बैंकको नाफा ११८.४८ प्रतिशतले बढेको हो । 

समिक्षा अवधिमा बैंकले २ अर्ब ६१ करोड ६१ लाख निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब २७ करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । उक्त अवधिमा बैंकको कर्जा लगानी ३६.३२ प्रतिशतले बढेर १ अर्ब ६८ करोड ७४ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब २३ करोड ७८ लाख कर्जा लगानी गरेको थियो । 

Read More
  • Financial Notices