प्रोग्रेशिभ फाइनान्सको नाफा ३ करोड २० लाख



Aarthik Abhiyan

साउन ३०, काठमाडौं (अस) । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको गत आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएको छ । वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमासमा रू. ३ करोड २० लाख ३० हजार खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आव २०७५/०७६ को तुलनामा ९ दशमलव शून्य ३ गुणा बढी हो ।

कम्पनीले अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १५५ दशमलव ५७ प्रतिशत खराब कर्जा उठाएकोले नाफामा वृद्धि भएको हो । कम्पनीले गत आवको चौथो त्रैमासमा रू. २ करोड ३५ लाख खराब कर्जा संकलन गरेको छ । कम्पनीको निष्क्रिय कर्जा भने १ दशमलव ४१ प्रतिशत रहेको छ । गत आवको समीक्षा अवधिसम्म रू. ६ करोड ५० लाख खुद ब्याज आम्दानी गरेको कम्पनीको सोही अवधिसम्म रू. २ करोड २९ लाख ७९ हजार संचालन मुनाफा रहेको छ ।

Read More
  • NCC Bank