नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमा शूल्क पौने २३ अर्ब, बीमाकोष थप मजबुत


Mero Lagani 2076-4-30


Mero Lagani

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले गत आर्थिक वर्षको चौंथो त्रैमासमा २२ अर्ब ८२ करोड ५० लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ । एक वर्ष अवधिमा इन्स्योरेन्सले ६ अर्ब ८४ करोड ७५ लाख रुपैयाँले खुद बीमा शूल्क आर्जन बढाएको हो ।

आघिल्लो आवको यसै अवधिमा कम्पनीले १५ अर्ब ९७ करोड ७४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

जीवन बीमा कम्पनीहरुमै सबैभन्दा धेरै ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीले असार मसान्तसम्ममा अघिल्लो आवको तुलनामा खुद नाफा १२ प्रतिशत धेरै ५२ करोड ३२ लाख ५९ हजार रुपैयाँ खुद नाफा गरेको छ। यो बीमाङ्कीय मूल्याङ्कन अघिको नाफा हो।

कम्पनीको यस्तो नाफा गत आर्थिक वर्षको चौंथो त्रैमासको तुलनामा ५ करोड ६० लाख रुपैयाँले बढेको हो। गत वर्षको यसै अवधिमा ४६ करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

Read More
  • Financial Notices