नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ३ अर्ब ४१ करोड


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ३ अर्ब ४१ करोड

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा गिरावट आएको छ ।  बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष वित्तीय विवरणअनुसार बैंकको नाफा ६.६६ प्रतिशतले गिरावट आएको हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको थियो। तर, गत आवमा  ३ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको छ। । बैंकको वितरण योग्य नाफा १ अर्ब ३९ करोड ६ लाख ८३ हजार रुपैयाँ रहेको छ । १० अर्ब ६४ करोड रुपैयाँ चुक्ता पुँजीबाट १२ अर्ब ८६ करोड रुपैयाँ  पुगे पनि बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँले घटेको छ। साथै जगेडा कोषमा १० अर्ब ९५ करोड रुपैयाँ जम्मा गरेको छ।  बैंकले १ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २३ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। 

Read More
  • MBL