प्राइम कमर्सियल बैंकको नाफा ३७ प्रतिशतले बढ्यो, लाभांश क्षमता कति ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्राइम कमर्सियल बैंकको नाफा ३७ प्रतिशतले बढ्यो, लाभांश क्षमता कति ?

प्राइम कमर्सियल बैंक Prime Commercial Bank Limited  ले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक बर्षको चौथो त्रैमास सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले २ अर्ब ३६ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष ०७४÷७५ को सोही अवधिमा बैंकले १ अर्ब ७२ करोड ६२ लाख खुद मुनाफा कमाएकोमा गत आर्थिक बर्षमा करिब ३७.०२ प्रतिशतले बढेको हो । 

अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ६० करोड ७ लाख रुपैयाँ रहेको छ । यस हिसाबले बैंकले करिब १७ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयर धनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ । तर नियामकीय पुनरावलोकनमा र थप प्रोभिजन तथा विगतको संचित र लेखापरिक्षण पछिको मुनाफामा तलमाथि भएमा वितरणयोग्य मुनाफाको आधारमा वास्तविक लाभांश क्षमता फरक पर्न सक्नेछ ।

समिक्षा अवधिमा बैंकले ७७ अर्ब ४ करोड निक्षेप संकलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको भन्दा ६.०६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ७२ अर्ब ६३ करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । उक्त अवधिमा बैंकको कर्जा लगानी ८.०१ प्रतिशतले बढेर ७२ अर्ब ५१ करोड ८६ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६७ अर्ब १३ करोड ७८ लाख कर्जा लगानी गरेको थियो । 

Read More
  • MBL