सेन्चुरी बैंकको खुद नाफा ५.६४% ले घट्यो, वितरण योग्य नाफा ५३ करोड ५१ लाख


Nepali Paisa 2076-4-30


Nepali Paisa

काठमाडौं : सेन्चुरी कमर्सियल बैंकको आर्थिक वर्ष २०७५/ ७६ को अन्त्यससम्म आइपुग्दा खुद नाफा ५.६४% ले घटेर ८६ करोड ८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकले ९१ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा ५३ करोड ५१ लाख २८ हजार रुपैयाँ छ । 

बैंकको सञ्चालन नाफा पनि १.०२% ले घटेको छ । खुद ब्याज आम्दानी भने ३९.२९% ले बढेर २ अर्ब ६७ करोड ३२ लाख रुपैयाँ पुगेको छ । साथै, बैंकको निक्षेप संकलन र कर्जा लगानी पनि क्रमशः ८.७५% र ७.७४% ले बढेको छ । सेञ्चुरी कमर्सियलको प्रतिसेयर आम्दानी (बार्षिक) १० रुपैयाँ २३ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ८ पैसा छ । 

Read More
  • Financial Notices