ज्योति विकास बैंकले गर्यो क्रमबद्ध तर आकर्षक प्रगति


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
ज्योति विकास बैंकले गर्यो क्रमबद्ध तर आकर्षक प्रगति

ज्योति विकास बैंक(JBBL)ले अन्य साना विकास बैंकहरुलाई आफुमा मिलाएर क्रमबद्ध तर आकर्षक प्रगति गरेको छ । 

विगतमा झिमरुक, हाम्रो लगायतका बिकास बैंकलाई आफुमा मिलाएर अघि बढेको ज्योतिले बोनस समेत वितरण गरी तीन अर्ब १० करोडको चुक्ता पूँजी कायम गरेकोमा निक्षेप १९ अर्बबाट २७ अर्ब र कर्जा १६ अर्बबाट २३ अर्ब नघाएर फड्को मारेको मात्रै छैन, खुद नाफा पनि २९ करोडबाट ५० करोड नघाएको छ ।

पूँजी कोष अनुपात १६ प्रतिशत र निस्क्रिय कर्जा अनुपात ०.६४ मात्र रहेको बैंकको प्रतिशेयर आम्दानी ११.६२ बाट १६.१३ रुपैयाँ पुगेको छ । १२७ रुपैयाँ प्रतिशेयर नेटवर्थ रहेको कम्पनीको मूल्य आमदानी अनुपात १० गुणा हाराहारीमा हुन आउँछ । बैंकको जगेडा कोषमा ८४ करोड छ, जसमा केही बोनस मात्रै दिनपर्ने रकम पनि रहेको बताईन्छ ।

Read More
  • MBL