प्राइम कमर्सियल बैंकको शाखा ललितपुरको इमाडोलमा


Rato Pati 2076-4-29


Rato Pati

ललितपुर– आफ्नो शाखा संजाल बिस्तारको क्रममा आज प्राइम कमर्सियल बैंक लिमिटेडले ललितपुरको महालक्ष्मी नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ७४ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका विच बैंकका संचालक प्रा.डा.मंगला श्रेष्ठले शाखा कार्यालय इमाडोलको उद्घाटन गरे ।

यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाको संजाल बिस्तार गर्दै आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता जनाएको छ ।

Read More
  • Financial Notices