एनएमबि बैंकको नाफा २४.६१% वृद्धि, ब्याज आम्दानीमा आकर्षक सुधार


Nepali Paisa 2076-4-30


Nepali Paisa

काठमाडौं : एनएमबि बैंकले आर्थिक वर्ष २०७५–७६ को अन्त्यससम्म आइपुग्दा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा २४.६१% ले बढी हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ८५ करोड ३७ लाख खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दनी ४६.९१% बढेर ४ अर्ब २६ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

सञ्चालन नाफा अघिल्लो वर्षको तुलनामा २८.०२% ले बढेर ३ अर्ब २७ करोड ८७ लाख रुपैयाँ पुगेको । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा आकर्षक सुधार आएकाले खुद नाफा माथि जान टेवा पुगेको हो । बैंकको कस्ट अफ फन्ड पनि ०.२०% ले घटेको छ । यसले पनि नाफामा सहयोग पुर्याएको हो । यता, बैंकको रिटेन्ड अर्निङ भने २३.३५% ले घटेर १ अर्ब ७९ करोड २९ लाख रहेको छ ।

वितरण योग्य नाफा भने १ अर्ब २७ करोड ४७ लाख ९३ हजार रुपैयाँ छ । निक्षेप संकलन र कर्जा लगानी पनि क्रमशः १६.५८% र २१.७०% ले बढेको छ । एनएमबिको प्रतिसेयर आम्दानी (वार्षिक) २४ रुपैयाँ ९ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ४९ पैसा छ । 

Read More
  • Financial Notices