हिमालयन बैंकको वितरणयोग्य नाफा २ अर्ब माथि


Mero Lagani 2076-4-30


Mero Lagani

हिमालयन बैंक (HBL) ले गत आर्थिक वर्षमा २ अर्ब २ करोड २४ लाख रुपैयाँ बराबरको लाभांश क्षमता बनाएको छ। यो नाफाबाट बैंकले आफ्ना शेयरधनीलाई २३ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता कायम भएको छ। अघिल्लो वर्षमा बैंकको लाभांश क्षमता २ अर्ब ४७ करोड रहेको थियो।

यसैगरि बैंकको खुद नाफा आर्थिक वर्ष २०७५/०७६ मा अघिल्लो आर्थिक वर्षको तुलनामा ५१ प्रतिशतले बढेर २ अर्ब ८४ करोड ७० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब ८७ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो। 

हिमालयन बैंकले बैंकले असार मसान्तसम्म १ खर्ब ९ अर्ब ३९ लाख रुपैयाँ निक्षेप संकलन तथा ९२ अर्ब ८२ करोड ९ लाख कर्जा परिचालनबाट ५ अर्ब ४ करोड २३ लाख खुद ब्याज आम्दानी गरेको छ। बैंकको सञ्चालन नाफा छ। समीक्षा अवधिमा बैंकको निक्षेप १०.५० तथा कर्जा १२.५०, खुद ब्याज आम्दानी र सञ्चालन नाफा प्रतिशतले बढेको हो।

Read More
  • Financial Notices